ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदीको आवासीय परिसरमा आगलागी !

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लोक कल्याण मार्गस्थित आवासीय परिसरमा सोमबार साँझ आगलागी भएको छ ।

साँझ ७ः२५ बजे आगलागी भएकोमा त्यसलाई तत्काल नियन्त्रणमा लिइएको थियो ।

भारतको अग्निशमन विभागका अनुसार आगो नियन्त्रणमा लिनका लागि दमकल समयमै पुगेका कारण क्षति हुन नपाएको जनाइएको छ । अधिकारीहरुका अनुसार आगो सामान्य भएकोले समयमै नियन्त्रण गर्न सकिएको थियो ।

पछि प्रधानमन्त्री मोदीको कार्यालयका तर्फबाट ट्विट गर्दै भनिएको थियो,‘‘सायद सर्ट सर्किटका कारण यो आगलागी भएको हो । आगो प्रधानमन्त्रीको आवास र अफिसमा लागेको होइन एसपीजी रिसेप्सनमा लागेको थियो । यो तत्कालै नियन्त्रण भएको छ  ।’’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org