मध्यराती एनसेल टावरमा आगजनी
बारा । जितपुर सिमरा उपमहानगरपालिका १६ पिलुवामा रहेको एनसेल टावरमा मंगलवार राति आगजनी भएको छ।
सशस्त्र औद्योगिक सुरक्षा बलको ३०० मिटर पूर्वमा रहेको एनसेल टावरमा मंगलवार राति सवा ११ बजे आगजनी भएको बाराका प्रहरी प्रमुख , प्रहरी उपरीक्षक विकासराज खनालले जनाए।
‘घटनाको अरु कसैले जिम्मेवारी लिएका छ्रैनन्, हामीले विप्लल्व समुहले गराएको हुनसक्ने आशंका गरेका छौ’ प्रहरी उपरिक्षक खनालले भने ‘आगजनीको घटनामा पेट्रोल र मट्टितेल प्रयोग गरिएको छ।’ आगजनी कसले के–का लागि गरेको भन्ने विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आगजनीबाट टावरमा ८० प्रतिशत क्षति पुगेको ईलाका प्रहरी कार्यालय सिमराका डीएसपी गोविन्द पुरीले जनाएका छन्। उनका अनुसार टावरमा रहेको जेनेरेटर र तारमा क्षति पुगेको छ भने बीटीएस सुरक्षित छ। आगलागीको घटना लगत्तै कलैया र जितपुर सिमरा उपहानगरपालिकाको दमकलले आगो निभाएको थियो।
Comments
अरु समाचार
-
मधेसमा पहिलोपटक एमबिबिएस पढाई हुने
काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...
-
भंगाहका मेयरको आर्केस्ट्रामा दादागिरीः युवामाथि कुटपीट र मोबाइल जफत
काठमाडाैं । महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम आर्केस्ट्राको आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल...
-
वीरगञ्ज महानगरद्वारा रु ६१ करोड ४७ लाख राजस्व सङ्कलन
काठमाडौं । वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा रु ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ राजस्व सङ्कलन गरेको...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
मधेसका मुख्यमन्त्री सिंहले आगामी असार २१ गते विश्वासको मत लिने
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही आगामी असार २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री तथा...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
मधेसमा नयाँ सरकार गठनका लागि जनमतका सतिश सिंहको नेतृत्त्वमा मुख्यमन्त्रीको दाबी पेस
काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्त्वमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री न्युक्तीका लागि...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...