ताजा समाचार

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता, सीमा विवादबारे पनि कुरा भयो

काठमाडौँ । अंग्रेजी नयाँ वर्षको पहिलो दिन प्रधामनन्त्री केपी शर्मा ओली र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ।

बुधबार बिहान साढे १० बजे दुई समकक्षीबीच टेलिफोन सम्वाद भएको जानकारी प्रधानमन्त्री ओलीले माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत् दिएका छन्
प्रधानमन्त्री ओलीले नेपाली र अंग्रेजी दुवै भाषामा लेखेका छन् ‘श्री नरेन्द्र मोदीजीसँग मेरो फोन वार्ता भयो । हामीले नयाँ बर्ष २०२० को शुभकामना आदानप्रदान गर्यौं ।’

प्रधानमन्त्री ओलीले २०१९ दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन सफल रहेको र बाँकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन सन् २०२० सफल रहनेमा दुवै नेताले विश्वास लिएको उल्लेख गरेका छन् । प्रधानमनत्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको लागि आग्रह गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org