ताजा समाचार

नेकपा सचिवालय बैठकः सभामुखको विषयमा छलफल हुने

प्रदेश १ र ५ को नाम र राजधानी टुंग्याउने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए।

‘बैठकमा नयाँ सभामुख चयन, राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा छलफल हुनेछ,’ प्रवक्ता श्रेष्ठले भने।

नेकपा प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने आजको बैठकले प्रदेश १ र ५ को नाम र राजधानी बारे निर्णय गर्ने बताएका छन्।

‘आजको बैठकले प्रदेश १ र ५ को नाम र राजधानी बारे निर्णय गर्ने सम्भावना छ,’ थापाले नेपालखबरलाइ जानकारी दिए।

१३ पुसमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा रहने निर्णय गरेर प्रदेश सभालाई त्यसै अनुसार गर्न निर्देशन गरेको थियो।

बलात्कार प्रयास आरोप लागेपछी तत्कालिन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजिनामा दिएपछी सभामुख रिक्त छ।

सभामुख बारे प्रधानमन्त्री ओली र अध्यक्ष ओलीबिच सहमती नजुट्दा संसद बैठक दुई पटक सुचना टास गरेर स्थगित गरिएको छ। आजको बैठकले यसबारे निर्णय गर्ने नेकपाले तयारी गरेको छ।

नेकपामा नयाँ सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन।

पूर्व एमालेबाट सुवासचन्द्र नेम्बाङ र पूर्व माओवादीबाट अग्नी सापकोटा मुख्य दावेदार छन्।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सभामुख चयनका विषयमा पटक पटक छलफल भए पनि सहमती हुन सकेको छैन।

नेकपामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा विवाद छ। आजको बैठकमा यो विषयमा पनि छलफल हुने सम्भावना छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org