ताजा समाचार

इराकमा अमेरिकी हवाइ हमला, मारिए इरानको विशेष सैन्य दस्ताका कमाण्डर

काठमाडाैँ । अमेरिकी सेनाले इराकको बगदाद विमानस्थलमा गरेको आक्रमणमा इरान समर्थित लडाकु समूहका कमाण्डरसहित ८ जनाको मृत्यु भएको छ।

उक्त हमलामा इरान समर्थक इरानी रेभ्युलोस्नरी गार्डस् एलिट क्वाड्स फोर्सका कमाण्डर कासिम सोलेमानीको मृत्यु भएको हो। इराकी राष्ट्रिय टेलिभिजनले बगदाद विमानस्थलमा भएको कारबाहीमा सोलेमानी मारिएको पुष्टि गरेको छ।  अधिकारीहरुका अनुसार अमेरिकी सेनाले विमानस्थल नजिक ३ वटा रकेट आक्रमण गरेको थियो। रकेट आक्रमणले केही गाडीहरुसमेत ध्वस्त भएका छन्।

बगदादमा रहेको अमेरिकी दूतावासमा इरान समर्थक मिलिसियाले गत मंगलबार साँझ आक्रमण गरेका थिए। दूतावासमा आक्रमण भएपछि अमेरिकाले त्यहाँ थप सैनिक परिचालन गरेको थियो।  इराकमा इरान समर्थित लडाकु तथा मिलिसियासँग भिडन्तका घटना बढ्दै गएपछि अमेरिकाले थप सैनिक पठाउने तयारी गरेको छ। अमेरिकाले केही दिनभित्रै ४ हजार थप सैनिक इराक पठाउने तयारी गरेको जनाइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org