ताजा समाचार

ज्यान मार्ने अभियोगमा फरार ठमेलका गुण्डा ‘राते’ पक्राउ

काठमाडौं । प्रहरीले ठमेल क्षेत्रका गुण्डा राते भनिने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

एलओडी क्लब अगाडि रेम्बो भन्ने अजय गुरुङ र श्रेष्ठले विष्णु कठायतलाई रडले प्रहार गरेर घाइते अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाका अनुसार गएराति साढे ९ बजे उनलाई नयाँ बजारबाट पक्राउ गरिएको छ ।

थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाइएको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org