ताजा समाचार

मलद्वारमा हिरा र सुन लुकाएर ल्याउने दुई भारतीय त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । सुन तस्करी गर्ने भारतीय नागरिक त्रिभिवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

आधा किलो सुनसहित भारतीय नागरिक किजाकेथिल नौसाद पक्राउ परेका हुन् । यूएईको सारजहाबाट आएका उनले क्याप्सुल बनाएर सुन तस्करी गर्न खोजेका थिए । उनी नियमित चेकजाँचको क्रममा पक्राउ परेका थिए ।

यस्तै, लेसियाबाट आएका भारतीय नगारिक मोहमद म्यादिन स्थालीको साथबाट पनि दुई सय ग्राम हिरा बरामद भएको छ ।

भन्सार क्षेत्र कटिसकेपछि शंका लागेर काठमाडौं मेडिकल कलेजमा लगेर जचाउँदा २ सय ग्राम हिरा मलद्वारमा राखेर ल्याएको भेटिएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org