ताजा समाचार

मौसममा फेरि बदली,बेलुकीदेखि फेरि पश्चिमी वायु

काठमाडाैँ ।  पश्चिमी वायु सक्रिय हुँदा नेपालमा फेरि हिउँदे बर्षा गराउने हावा प्रवेश गरेको छ।

पश्चिम क्षेत्रबाट प्रवेश गरेको यो हावाले देशभर बर्षा र उच्चपहाडी तथा हिमाली क्षेत्रमा हिउँ पार्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।  आज (सोमबार) दिउँसोदेखि नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमी क्षेत्रमा देखिने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन्।

यसको प्रभाव भोली (मङ्गलबार) थप बढेर पश्चिम, मध्य र पूर्वी हिमाली भेगमा बर्षा हुने तथा उच्च पहाडी भेगमा हिमपात हुनेछ।  यतिखेर भने देशका पश्चिमी र पूर्वी पहाडी भूभागहरुमा मौसममा आंशिक बदली मात्र रहेको र बाँकी क्षेत्रको मौसम सामान्यतयाः सफा रहेको मौसमविद् अर्यालले बताएका छन्।

उनका अनुसार आज दिउँसो देशका पश्चिमी र पूर्वी भेगका केही स्थानमा हल्का बर्षा हुनेछ।  पानी र हिउँ पर्ने तथा छर्लङ्ग घाम नलाग्दा यतिखेर देशैभर अत्याधिक चिसो महशुस गरिएको छ। सोमबार बिहान काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस कायम भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org