ताजा समाचार

‘द भ्वाइस अफ नेपाल’ सिजन २ का कलाकार उतार्दै किंग्स लाउन्जा

किङ्स पोखरामा दिपक बज्राचार्यले तताउनेछन पोखरेलीलाई

काठमाडाैं । दरबारमार्गस्थित किंग्स लाउन्जाले जनवरी २२ मा ‘द भ्वाइस अफ नेपाल’का कलाकारहरुलाई ल्याउने भएको छ ।

किङ्ग लाउन्जाले राजधानीको दरबारमार्गमा भव्य सांसकृतिक कार्यक्रम आयोजना गर्न लागेको हो । उक्त कार्यक्रममा द भ्वाइस अफ नेपालका सिजन २ का विजेता राम लिम्बुसहित आरिफ राउफ, सनिश श्रेष्ठ र यांकी याल्मोलाई ल्याउने भएको हो ।

यस्तै, लाउन्जाले पोखरामा जनवरी २५ मा दिपक बज्राचार्य र रिदम ब्याण्डले प्रस्तुति दिने भएको हो ।

लाउन्जाले नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्न यास्ता कार्यक्रम आयोजना गर्ने गरको जनाएको छ । फाइभ ब्रदर्सद्वारा सञ्चालित लाउन्जामा पूर्वराजादेखि सर्वसाधारणको भीड लाग्ने गरको छ ।

लाउन्जाले संगितकर्मी तथा खेलाडीलाई विशेष रुपमा सम्मान गर्ने गरेको छ भने नेपाली पर्वहरुमा समेत विभिन्न सेवा दिदै आएको छ । गएको तीजमा महिलाहरुलाई बोलाएर निःशुल्क भोज खुवाएर लाउन्जाले चेलीहरुलाई सम्मान गरेको थियो भने, खेलकुदको महाकुम्भ मेला विश्वकप फुटबल लाइभ गरेको थियो ।

यसका साथै, लाउन्जाले सामाजिक उत्तरदायित्व बोध गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई मदत पुग्ने गरि विदेशी पाहुनाका लागि विशेष प्याकेज सार्वजनिकको तयारी समेत गरेको छ ।

नेपाल भ्रमण वर्षलाई सफल बनाउन लाउन्जाले छिट्टै नयाँ प्याकेज सार्वजनिक गर्ने जनाएको छ । यद्यपी उक्त प्याकेज कस्तो हुने भन्नेबारे भने केहि खुलाएको छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org