ताजा समाचार

मृत्युदण्डबाट बचेर साउदीबाट नेपाल फर्किए उमेश

काठमाडाैं । पाकिस्तानी सहकर्मी मोहम्मद लतिफ वासिर हत्या आरोपमा साउदी अरेबियामा मृत्यु दण्डको सजाय सुनाइएका धनुषाका ३९ वर्षीया उमेश यादव नेपाल आइपुगेका छन् ।

पाकिस्तानी नागरिककलो परिवारलाई ब्लडमनिको रुपमा ३० लाख पाकिस्तानी पैसा बुझाएपछि उमेश नेपाल आइपुगेका हुन् ।

बुधबार बिहान उमेश काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनको जीवन रक्षाको निम्ति २ वर्षदेखि अभियान चलाएका जनकपुरका समाजिक अभियन्ता सरोज रायले उनलाई बिहानै विमानस्थलमा स्वागत गरेका छन् । मृत्युदण्डलाई जितेर उमेश नेपाल फर्किएका छन् । पाकिस्तानी सहकर्मीको हत्या आरोपमा उनलाई साउदी अरेबियामा मृत्युदण्डको सजाय सुनाइएको थियो । धनुषाको कमला नगरपालिका ३ का बासिन्दा उमेश २००६ मा वैदेशिक रोजगारीको शिलशिलामा साउदी पुगेका थिए ।

पाकिस्तानी नागरिक मोहम्मद लतिफ वासिरको हत्या गरेको अरोपमा जुवेलका जेनर कोर्टले १५ अप्रिल २०१८ मा मृत्यु दण्डको सजाय सुनाएको थियो । उमेशलाई घाँटी काटेर २४ घण्टा झुण्डयाउने अदालतले आदेश दिएको थियो ।

उमेशले मृत्यु दण्डको सजाय पाउने समाचार दुईवर्ष अघि सार्वजनिक भएपछि जनकपुरका समाजिक अभियन्ता रायले उनको जीवनरक्षाको निम्ति पहल अघि बढाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org