ताजा समाचार

टुँडिखेलमा सोनाम ल्होसारको रौनक (फोटोफिचर)

काठमाडाैँ ।  तामाङ समुदायले शनिबार विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व अर्थात नयाँ वर्ष मनाएका छन्।

सुँगुर वर्षको विदाई र मुसा वर्षको स्वागत गर्न देशका विभिन्न ठाउँबाट राजधानी आएका बसोबास गर्ने तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा कार्यक्रम गरी मनाएका हुन्।

तामाङ समुदायमा ज्ञानका देवता अर्थात इस्ट देवता मञ्जुश्रीले पञ्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मतिर्सना गरेको ऐतिहासिक दिन सोनाम ल्होसार भएकाले यस पर्वलाई सुरुवाती वर्षको रुपमा समेत मनाउने गरिन्छ।

मञ्जुश्री पात्रो अनुसार तामाङ समुदायले शनिबार नयाँ वर्ष मनाएका हुन्। पात्रो अनुसार शनिबारदेखि २८५५ वर्ष पुरा भई २८५६ वर्ष सुरु भएको छ। तामाङ समुदायको राष्ट्रिय संगठन नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहनगोले तामाङले प्रत्येक जनावरले एक–एक पटक शासन गर्छन् भन्ने विश्वाससहित सुँगुर वर्ष अन्त्य भई मुसा वर्ष सुरु भएको बताए।

सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गका वर्षमा विभाजन गरिएको छ। काठमाडौंको टुडिखेलमा आयोजित कार्यक्रममा तामाङ समुदायको संस्कृति, भेषभुषा तथा विभिन्न परिकारहरुको प्रर्दशनी समेत गरिएको थियो। तामाङ समुदायका विभिन्न संगठनहरुले सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org