भतिजी अपहरण गरेर १६ लाख मागेपछि…
काठमाडाैं । ‘म ग्रीष्माको बाबा बोलेको, ग्रीष्मालाई सन्चो छैन, आज छोरी लिन आउन भ्याउँदिनँ, भाइसँग पठाइदिनुहोला’ आइतबार बिहान करिब ११ बजे मध्यपुर थिमि-५ निकोसेरास्थित ग्लोरी इङलिस बोर्डिङ स्कुलमा फोन आयो ।
फोनमा भनेअनुसारै ग्रीष्मा राउतलाई लिन १२ बजेर १० मिनेटमा अपरिचित व्यक्ति हेलमेट लगाएरै स्कुल प्रवेश गरे । स्कुलका शिक्षकले ती व्यक्तिलाई हेलमेट खोल्न लगाए । ग्रीष्मालाई शिक्षकले ‘उहाँलाई चिन्छौ नानी ?’ भनेर सोधे । ग्रीष्माले ‘चिन्छु, उहाँ अंकल हो’ भनिन् ।’ ग्रीष्मा सोही स्कुलमा यूकेजीमा अध्ययनरत छिन् ।
त्यसपछि शिक्षकले ग्रीष्मालाई अपरिचतको जिम्मा लगाए । ग्रीष्मालाई लिएर ती अपरिचित व्यक्ति ‘पार्टीमा जानु छ, उतै हिँड’ भनेर एनएस ब्रान्डको बा९६प १६२० नम्बरको मोटरसाइकलमा राखेर लगे । पार्टीमा लैजाने भनेर ग्रीष्मालाई ती अपरिचितले सूर्यविनायकस्थित घ्याम्पेडाँडा जंगलमा पुर्याए ।
ग्रीष्मालाई चकलेट दिएर फकाएका उनले जंगलमा पुर्याएपछि मुखमा रुमाल र डोरीले उनको शरीर रुखमा बाँधेर छोडे । त्यसपछि करिब १ बजे ती अपरिचितले ग्रीष्माका बुबा कुबेर राउतलाई फोन गरे । ‘१६ लाख लिएर आउनू, नत्र छोरी ज्युँदो रहँदिन’ भन्दै धम्की दिए ।
कुबेरले स्कुलमा फोन गरे । छोरी कसको जिम्मा पठाएको भनेर सोधेपछि पो स्कुलका शिक्षकले ग्रीष्मा अपहरणमा परेको बल्ल थाहा पाए । यो खबर आजको कान्तिपुर दैनिकमा लीला श्रेष्ठले लेखेकी छन्।
अपहरणको करिब २ घण्टापछि मात्रै यो घटनाबारे सूचना प्रहरीमा पुग्यो । त्यहीबीच घ्याम्पेडाँडा घुम्न गएका बिघसिंह कार्की र सुभेच्छा नेपालले जंगलमा बच्चा रोइरहेको आवाज सुने ।
ख्वप इन्जिनियरिङ कलेजमा स्नातक दोस्रो वर्षका यी दुई विद्यार्थी आइतबार साढे १२ बजे साथीसँगै त्यहाँ घुम्न गएका थिए । ‘एक व्यक्तिले मोटरसाइकलमा बालिकालाईअप्ठ्यारो बाटो लगेको थियो, हामीलाई लाग्यो कुनै आफन्त होला,’ बिघले भने, ‘आधा घण्टापछि बालिका रोएको आवाज सुन्यौं । पछि सोही बालिकाको घाँटीमा टालाले बाँधेको देख्यौं, रूखमा डोरीले बाँधेर मोटरसाइकलवालाले तिम्रो बाबालाई लिएर आउँछु भन्दै भागेको रहेछ।’
बिघ बालिका रहेका ठाउँमा पुगेर शरीर र घाँटीमा बाँधेको टालो र डोरी फुकाइदिए । सोधखोज गर्दा ग्लोरी इङलिस स्कुलका विद्यार्थी रहेको उनले थाहा पाए । रोइरहेकी ग्रीष्मालाई उनीहरूले करिब २ बजेर ३० मिनेटमा स्कुल पुर्याइदिए । संजोग नै भन्नुपर्ला, बिघसिंह पनि त्यही स्कुलका पूर्वविद्यार्थी रहेछन् ।
त्यसपछि प्रहरी विद्यालय पुगेर अनुसन्धान गर्दा अपहरणकारी आशिष थापा रहेको खुल्यो । आशिष र ग्रीष्माका बुबा कुबेर मामा र फुपूका छोरा रहेको खुल्यो।
अपहरणमा प्रयोग गरिएको मोटरसाइकल प्रहरीले पत्ता लगाउन सक्ने भन्दै आशिषले सातदोबाटोस्थित साथी आशिष भण्डारीको घरमा पुर्याए । भण्डारीको बा९०प ७०० नम्बरको मोटरसाइकलबाट फर्किएका आशिषलाई पछि मध्यपुर थिमि नगरपालिका–४ एसएस चोकबाट प्रहरीले पक्राउ गर्यो ।
उनलाई मोटरसाइकल दिने भण्डारीलाई पनि साँझ नियन्त्रण लिएको छ । महानगरीय प्रहरी वृत्त थिमीका डीएसपी शान्तिराज कोइरालाले अपहरणकारी सर्लाही लालबन्दी नगरपालिका–५ घर भई मध्यपुर थिमि–६ बस्ने २० वर्षीय आशिष थापा रहेको बताए ।
प्रहरीले अपहरणकारी पक्राउ गर्न सीसीटीभी फुटेजका आधारमा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेको थियो । फिरौती मागेपछि कुबेर १६ लाख रुपैयाँ र प्रहरीलाई साथमा लिएर गएका थिए । त्यही क्रममा आशिष एसएसचोकबाट साँझ ५ बजेर २० मिनेटमा पक्राउ परेका हुन् ।
स्कुलका प्रिन्सिपल शंकरकर्ण कायस्थले अपरिचितले बालिका अपहरण गर्न पहिले नै योजना बनाएको र बालिकाले पनि चिन्छु भनेर मात्रै आफूहरूले दिएको बताए ।
‘ग्रीष्माका बुबाको नाटक गरेर अपहरणकारी आएका रहेछन्, ग्रीष्माले पनि अपहरणकारीलाई चिन्छु भनेपछि समस्या भयो,’ उनले भने । कुबेरले प्रहरीसँग भने, ‘ऊ मेरो मामाको छोरो, म फुपूको छोरो, ग्रीष्मा अपहरणकारीकी भतिजी पर्छिन्, खै किन अपहरण गरेको हो, केही थाहा छैन।’
Comments
अरु समाचार
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...