ताजा समाचार

कुमार पौडेललाई गोली हान्ने तीन प्रहरीलाई कर्तव्य ज्यान मुद्दा

काठमाडाैं । प्रतिबन्धित चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या आरोपित प्रहरी निरीक्षक कृष्णदेव (केडी) तथा हवलदारद्वय श्रीविनोद साह र सत्यनारायण मिश्रका विषयमा थप अनुसन्धान गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

गृहले शुक्रबार प्रहरी प्रधान कार्यालयलार्य पत्र पठाई निरीक्षक साह तथा हवलदारद्वय साह र मिश्रविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न निर्देशन दिएको खबर आजको कान्तिपुरमा मातृका दाहालले खबर लेखेका छन्।

गृहको निर्देशन आएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई कारबाहीका लागि आइतबारै प्रदेश २ प्रहरी मुख्यालय धनुषालाई पत्र पठाएको छ।

प्रदेश २ का प्रहरी प्रमुख प्रद्युम्न कार्कीले कुमार पौडेल प्रकरणका आरोपितबारे प्रहरी प्रधान कार्यालयबाट पत्र आएको पुष्टि गरे। उक्त पत्र जिल्ला प्रहरी कार्यालय धुनषालाई पठाइएको उनले बताए।

०७६ असार ५ गते बिहीबार दिउँसो लालबन्दी १ लखन्देही खोलादेखि पूर्वको जंगलमा पौडेलको गोली हानी हत्या भएको थियो। हत्या ढाकछोप गर्न प्रहरीले पौडेल इन्काउन्टरमा मारिएको दाबी गर्दै आएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org