ताजा समाचार

कोरोनाले लियो ४ सय बढीको ज्यान, २० हजार बढी संक्रमित

एजेन्सी । नोबल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ । संक्रमितको संख्या २० हजार माथि पुगेको छ ।

चिनियाँ अधिकारीहरूका अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको हो ।

यो भाइरसको संक्रमणले हिजो सोमबार मात्र ६४ जनाको मृत्यु भएको छ । त्यस्तै चीनबाहिर गत आइतबार फिलिपिन्समा एक जनाको मृत्यु भएको छ ।

चीनमा मात्रै २० हजार ४ सय ३८ जना कोरोनाको संक्रमणमा परेका छन् ।

चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै अलजाजीराले जनाएअनुसार हुबेइ प्रान्तमा मात्र सोमबार २ हजार ३ सय ४५ जना कोरोना भाइरसबाट संक्रमित फेला परेका छन् ।

योसँगै हुबेइ प्रान्तमा मात्र अहिलेसम्म १३ हजार ५ सय २२ जनालाई कोरोना संक्रमण भएको छ ।

हुबेइका विभिन्न अस्पतालमा भर्ना भएका १० हजार ९ सय ९० संक्रमितमध्ये ५७६ जनाको अवस्था गम्भीर रहेको चीनका स्वास्थ्य अधिकारीले बताएका छन् ।

चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस अहिले नेपालसहित विश्वका २५ देशमा पुगिसकेको छ। चीनका ३१ भन्दा बढी प्रान्तमा यसको संक्रमण फैलिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org