ताजा समाचार

काठमाडाैंमै नेकपाका नेता गिरीको शंकास्पद मृत्यु, चार जना प्रहरी नियन्त्रणमा

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काका काभ्रे जिल्ला नेता हरिदेच गिरीको संकास्पद मृत्यु भएको छ ।

मंगलबाट राती नयाँवानेश्वरस्थित आलोकनगरको डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा गम्भीर अवस्थामा गिरीलाई उपचारका लागि अस्पताल लगिएपनि उनलाई चिकित्सकले मृत घोषित गरिदिएका थिए ।

राति १० बजेतिर सिभिल अस्पताल पुर्‍याइएका गिरीको मृत्यु भएपछि प्रहरीले यसबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार घटनाको अनुसन्धानको लागि चार जनालाई नियन्त्रणमा लिइएको छ । ‘त्यसबेला त्यहाँ उपस्थित होटल सञ्चालक र कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिएका हौं’, बोगटीले भने, ‘बानेश्वर वृत्तमा राखेर अनुसन्धान जारी छ ।’

उनका अनुसार गिरीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको छ । प्रारम्भिक अनुसन्धानमा उनको टाउको, घाँटी र तीघ्रामा चोट देखिएको छ भने खुट्टाको हड्डी पनि भाँच्चिएको देखिएको बोगटीको भनाइ छ ।

गिरि दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, रेन्बो स्कुलका संस्थापक तथा प्याब्सन भक्तपुरको सल्लाहकारसमेत रहेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org