ताजा समाचार

कलंकी अन्डरपासमै टिपरले लियो दुई जनाको ज्यान

काठमाडाैं । कलंकीको अण्डरपासमा टिपरको ठक्करबाट दुई जानाको ज्यान गएकाे छ । प्रहरीको अनुसार गएराति एकै दिशातर्फ जाँदै गर्दा मोटरसाइकललाइ टिपरले ठक्कर दिएको थियो ।

ठक्करपछि गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकलमा सवार थिए । ठक्कर दिने टिप्परको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org