ताजा समाचार

आईसीसी विश्वकप लिग–२: शरदले अमेरिकासँगको खेल गुमाउने

काठमाडौं । घरेलु मैदानमा चलिरहेको आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालका अल राउन्डर शरद भेषवाकरले अमेरिकाविरुद्धको खेल गुमाउने भएका छन् ।

ओमानविरुद्धको खेलमा अर्धशतक बनाएका सरदले अमेरिकासँगको खेल गुमाउने भएका हुन् ।

शरद ओमानसँगको खेल दौरान कम्बर माथिको चोटको कारण अमेरिकसँगको खेल गुमाउने भएका हुन् । शरदको स्थानमा विकेटकिपर तथा ब्याट्सम्यान सुवास खकुरेललाई टिममा बोलाइएको छ । सुबासले अमेरिकासँगको अभ्यास खेलमा अर्धशतक बनाएका थिए ।

नेपालले सिरिज अन्तर्गत शनिबार अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org