ताजा समाचार

अख्तियारमा धर्ना दिने साझा पार्टीका नेताहरु पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिन पुगेका साझा पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुलाई उन्मुक्ति दिएको भन्दै साझाले अख्तियारमा धर्ना दिएको थियो ।

‘एक देश, दुई कानुन’ को विरोधमा पूर्वघोषित कार्यक्रमअनुसार साझा पार्टीले विरोध प्रदर्शन गरेको हो । सिठी जुलुससहित भएको विरोध प्रदर्शनलाई रोक्न प्रहरीले हस्तक्षेप गरेको थियो ।

टंगालस्थित आयोगको मूल गेटअगाडि पुगेका प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गर्दै रोकेको हो । यस क्रममा साझा पार्टीकी बागमती प्रदेश संयोजक समीक्षा बास्कोटासहित एक दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको सो पार्टीले जनाएको छ ।

आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि सो प्रकरणमा मुछिएका सत्तारुढ दलका नेताहरुलाई उन्मुक्ति दिइएको र उस्तै आरोप लागेका अन्यलाई मात्र विपक्षी बनाएर मुद्दा दायर गरिएको साझा पार्टीको आरोप छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org