बार्सिलोना र रियल मड्रिड क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं । दुई स्पानिस जायन्ट क्लब बार्सिलोना र रियल मड्रिड कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएका छन् ।
बिहीवार रती भएको खेलमा बार्सिलोना एथ्लेटिक विल्वाओसँग र रियल मड्रिड रियल सोसिडाडसँग पराजित भएको हो ।
यस्तै भ्यालेन्सिया ग्रानाडासँग पराजित हुँदा भियारियाल दोस्रो श्रेणीको मिरान्डासँग पराजित भयो ।
एथ्लेटिक विल्वाओले घरेलु मैदानमा बार्सिलोनालाई १-० ले हरायो । निर्धारित ९० मिनेटको खेल गोलरहित बनेपछि थप गरिएको ६ मिनेटको इन्जुरी टाइममा विल्वाओले गोल गर्दै खेल जित्यो ।
इन्जुरी टाइमको तेस्रो मिनेटमा इबाई गोमेजको पासमा इनाकी विलियम्सले निर्णायक गोल गरे ।
यस्तै हाल स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको मड्रिड सोसिडाडसँग ४-३ ले पराजित भयो । रियलको घरेलु मैदानमा सोसिडाडले कुनै समय ३-० को अग्रता बनाएको थियो ।
रियलबाटै लोनमा गएका मार्टिन ओडेगार्डले २२ औं मिनेटमा सोसिडाडका लागि पहिलो गोल गरे । अलेक्जान्डर आइज्याकले ५४औं र ५६औं मिनेटमा गोल गरेपछि सोसिडाडले ३-० को अग्रता बनायो । रियलका लागि मार्सेलोले ५९औं मिनेटमा पहिलो गोल गरे ।
तर ६९औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै सोसिडाडलाई ४-१ को अग्रता दिलाए । ८१औं मिनेटमा रोड्रिगोले रियलका लागि दोस्रो गोल गर्दै गोल अन्तर घटाउने प्रयास गरे । इन्जुरी टाइमको तेस्रो मिनेटमा नाचोले गोल गर्दै खेल ४-३ को वस्थामा पुर्याए । तर रियलले हार टार्न सकेन ।
सोसिडाडका एन्डोनी गोरोसाबेल इन्जुरी टाइममा रातो (दोहोरो पहेँलो) कार्ड खाँदै मैदान बाहिरिएका थिए ।
बार्सिलोना र रियल नै पराजित भएपछि कोपा डेल रे मा २०१० पछि यी दुई ठूला क्लब फाइनलमा नहुने भएका छन् । २०१० मा सेभिया र एथ्लेटिको मड्रिड फाइनल पुगेका थिए । त्यसयता रियल र बार्सिलोनामध्ये कुनै एक क्लबले फाइनल खेल्दै आएका थिए । बार्सिलोना सर्वाधिक ३० पटकको च्याम्पियन समेत हो ।
यस्तै ला लिगाकै क्लब भियारियाल मिरान्डासँग ४-२ ले पराजित भयो । त्यसअघि भ्यालेन्सिया ग्रानाडासँग २-१ ले पारजित भएको थियो । भ्यालेन्सिया साविक विजेता समेत हो ।
Comments
अरु समाचार
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...
-
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्दै
काठमाडौं । नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले...