ताजा समाचार

प्रतिनिधिसभा बैठक सूचना टाँस गरी स्थगित, आइतबार दिउँसो १ बजे बस्ने

काठमाडाैँ ।  प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

बिहीबार र शुक्रबार बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि बैठक सूचना टाँस गरी स्थगित भएको हो । शुक्रबारको बैठक संचालनका लागि सभामुख सापकोटाले पहल गर्दापनि बैठक बस्न नसकेको हो ।

शुक्रबार दिउँसो १ बजे बसेको बैठक कांग्रेस अवरोधका कारण आधा घन्टाका लागि स्थगित भएको थियो ।

आधा घन्टासम्म कुनै सहमति हुन नसकेपछि बैठक आइतबारसम्मका लागि स्थगित भएको हो । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रे नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध दर्ता गरेको मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा भएको भन्दै कांग्रेसले विरोध जनाइरहेको छ । अख्तियार नै सरकारको छायाँमा परेको कांग्रेसको अरोप छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org