आइसीसी विश्वकप लिग दुई : घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा नेपाल
काठमाडाैं । आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज आज सकिँदैछ। सिरिजको अन्तिम खेलमा नेपाल र अमेरिका भिड्दैछन्। नेपाल घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा छ।
जुनसकै खेलमा पनि दर्शकको स्थान महत्वपूर्ण हुन्छ। नेपालका क्रिकेट प्रशंसक विश्वमै परिचित छन्। अन्य देशका क्रिकेट खेलाडी यहाँका दर्शकबाट निकै प्रभावित हुँदै आएका छन्। उनीहरुले यहाँका दर्शकलाई जितमा मुख्य बाधकका रूपमा लिने गर्छन्। घरेलु मैदानमा लिग दुईको प्रारम्भ गरेको नेपाली क्रिकेट टोलीले आफ्ना दर्शकलाई निराश पारेको छ। अमेरिकासितको खेलमा नेपाली क्रिकेट खेलाडीको ध्यान उक्त कुरामा केन्द्रित हुनेछ। त्यसैले अमेरिकासितको आजको खेलमा विजयी हुँदै नेपाली क्रिकेट टोली घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा छ।
त्रिकोणात्मक सिरिजमा नेपाल ओमानसित निरीह बने पनि अमेरिकासितको खेलमा भने आफूलाई अब्बल सावित गर्न लालायित छ। नेपाल अमेरिकामाथि हावी छ। यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो। नेपालको ओपनिङ खासै जम्न सकेको छैन। ओमानसितको पहिलो खेलमा कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले ओपनिङ गरेका थिए। दुवै जनाबीच मात्र चार रनको साझेदारी भयो। यसले नेपालको ओपनिङको व्यापक आलोचना भएको थियो।
ओमानसितको खेलमा शरद भेषवाकर घाइते बनेपछि सुवास खकुरेलले ओपनिङ गर्दै आएका छन्। उनलाई कप्तान ज्ञानेन्द्रले साथ दिइरहेका छन्। सुवासले पनि आशा गरेअनुरुपको ओपनिङ गर्न सकेका छैनन्। उनले अमेरिकासितको पहिलो खेलमा तीन रन बनाएका थिए। ओमानसितको दोस्रो खेलमा भने ब्याटिङमा सुधार गर्दै उनले २२ रन बनाए। सुवासको तुलनामा ज्ञानेन्द्रको ब्याटिङबाट नेपालले आस गर्ने ठाउँ छ। उनले अमेरिकासितको पहिलो खेलमा २१ रन बनाएका थिए भने ओमानसितको दोस्रो खेलमा ५६ रनको अर्धशतकीय पारी खेले।
अमेरिकासितको अन्तिम खेलमा नेपालको ध्यान सुदृढ ओपनिङमा हुनेछ। ब्याटिङमा नेपाल अघिल्ला खेलहरुमा जस्तै ज्ञानेन्द्र, पारस खड्का दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भण्डारी र आरिफ शेखमाथि निर्भर रहनेछ। नेपालका तर्फबाट शरद, ज्ञानेन्द्र, कुशल गौतम र विनोदले अर्धशतकीय पारी खेलेका छन्। यीमध्ये शरद चोटका कारण अहिले विश्राम गरिरहेका छन्। त्यसैले आजको खेलमा बाँकी तीनै जनामाथि नेपाल निर्भर रहनेछ। यसबाहेक ब्याटिङमा नेपालको ध्यान पारस, आरिफ र उपकप्तान दीपेन्द्रमाथि हुनेछ।
दीपेन्द्र ओमानसितको पहिलो खेलमा मात्र चल्न सके। बाँकी दुई खेलमा उनी बिनारन पभेलियन फर्केका थिए। पारसले अमेरिकासितको पहिलो खेलमा १९ तथा ओमानसितको दोस्रो खेलमा ३८ रन बनाए। आरिफले ओमानसितको दोस्रो खेलमा मात्र २८ रन बनाउन सकेका थिए। अन्य खेलमा उनको ब्याटिङ राम्रो रहेन। नेपाली टोलीको ब्याटिङभन्दा पनि बलिङ नै राम्रो देखिन्छ। ओमानसितको दोस्रो खेलमा बलरले राम्रो प्रदर्शन गर्न सकेनन्। नेपाल उक्त खेलमा आठ विकेटले पराजित हुन पुग्यो।
नेपालका लागि सन्दीप लामिछाने, करन केसी र सुशन भारी नै जितका मुख्य आधार हुन्। करनले हालसम्म तीन खेलमा आठ विकेट लिएका छन्। यस्तै सुशन भारीले सात विकेट तथा सन्दीपले दुई विकेट मात्र लिएका छन्। कुशल मल्ल पनि किफायती बलरका रूपमा देखिएका छन्। उनको ब्याटिङसँगै बलिङ पनि राम्रो छ।
जारी सिरिजमा तीनवटै खेल हारिसकेको अमेरिका ब्याटिङका लागि इयान होल्याण्ड, अक्षय होमराज, मोनाङ्क पटेल, जेभियर मार्शल र आरोन जोन्समाथि निर्भर रहनेछ। अमेरिकाको ओपनिङ अहिलेसम्म खासै जम्न सकेको छैन। ओमानसितको पहिलो खेलमा प्रारम्भिक ब्याटस्म्यान मार्शल र आरोनले २५ रनको साझेदारी निभाएका थिए। सो खेलमा मार्शलले १३ रन तथा आरोनले १२ रन बनाए। नेपालसितको पहिलो खेलमा पनि उनीहरु सफल हुन सकेका थिएनन्। उक्त खेलमा मार्शलले मात्र दुई रन बनाएका थिए। आरोनले पाँच रन हानेका थिए। मार्शलले ओमानसितको दोस्रो खेलमा २३ रन बनाए भने आरोनले अविजित ४७ रनको योगदान दिए।
अमेरिकाका लागि सबैभन्दा भरपर्दा ब्याटस्म्यान अहिलेसम्म इयान होल्याण्ड देखिएका छन्। उनले ओमानसितको पहिलो खेलमा ६५ रन, नेपालसितको पहिलो खेलमा ७५ रन तथा ओमानसितको दोस्रो खेलमा २८ रन बनाएका थिए। यस्तै निसर्ग पटेलले ओमानसितको दोस्रो खेलमा ५२ रन बनाए। यसबाहेक अक्षय होमराजले ओमानसितको पहिलो खेलमा ४४ रन बनाउनुबाहेक अन्य ब्याटस्म्यानले उल्लेख्य रन बनाउन सकेका छैनन्।
यस्तै बलिङतर्फ अमेरिका कप्तान सौरभ नेत्रावाल्कर, केमरुन स्टभेन्सन, स्टेभन टेलर, रुस्टी थेरेन, इयान होल्याण्ड र एलमोर हुचिन्सनमाथि भर पर्नेछ। हालसम्म खेलेका तीन खेलमा सौरभले छ विकेट लिएका छन् । थेरनले चार तथा केमरुनले तीन विकेट लिएका छन्। अन्यले एक–एक विकेट मात्र लिएका छन्। केमरुनले नेपालसितको खेलमा तीन विकेट लिएका थिए भने सौरभले दुई विकेट लिएका थिए। सौरभ र थेरनले ओमानसितको दोस्रो खेलमा तीन–तीन विकेट लिएका छन्।
समग्रमा नेपाल र अमेरिकाले अन्तिम खेलमा जित हासिल गर्नका लागि ब्याटिङ, बलिङ र फिल्डिङमा नै ध्यान दिनुपर्नेछ । अमेरिकाले ओमानसितको दुवै खेल हारेपछि लिग दुईको शीर्षस्थान गुमाइसकेको छ। अमेरिका हालसम्म खेलेका ११ खेलमध्ये छ मा जित तथा पाँचमा हारसहित १२ अङ्कका साथ लिगको दोस्रो स्थानमा छ। नेपालले हालसम्म खेलेको तीन खेलमध्ये दुईमा हार तथा एकमा जित निकालेको छ। नेपालले दुई अङ्क बटुलेको छ।
Comments
अरु समाचार
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...












