ताजा समाचार

अमेरिकाविरुद्ध नेपाल बलिङ गर्दै

काठमाडाैँ ।   आइसिसी विश्वकप क्रिकेट लिग टु– अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले अमेरिकाविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ।

त्रिवि क्रिकेट मैदानमा नेपालले अमेरिकाविरुद्ध टस जितेसँगै फिल्डिङ रोजेको हो। योसँगै अमेरिकाले ब्याटिङ गर्ने भएको छ।

अमेरिकाविरुद्ध यसअघि भएको पहिलो खेलमा नेपालले ३५ रनले जितेको थियो। आजको खेलमा पनि त्यहि नतिजालाई दोहोर्याउने लक्ष्यमा नेपाल छ। अमेरिकाले भने एक खेल पनि जित्न सकेको छैन। नेपालले ३ खेलमा १ खेल जित र २ खेलमा हार ब्यहोरेको छ। नेपालले ओमानसँग पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटको हार ब्यहोरेको थियो।

ओमानले भने सिरिज जितेको छ। उसले खेलेको ४ वटै खेलमा जित हात पार्दै ८ अंक बनाएको हो।

आज अमेरिकाविरुद्ध नेपालका एक खेलाडी परिवर्तन भएका छन्। ओमानविरुद्धको दोस्रो खेलमा डेब्यु गरेका कमलसिंह ऐरीको स्थानमा ललितनारायण राजवंशीलाई टिममा राखिएको हो। कमलले आफ्नो डेब्यु खेलमा ४ ओभर बलिङ गर्दै २९ रन खर्चिएका थिए।

नेपाली टिममा कप्तान ज्ञानेन्द्र मल्लसँगै दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सुवास खकुरेल, सन्दीप लामिछाने, करण केसी, सुशन भारी, आरिफ शेख, कुशल मल्ल र ललितनारायण राजवंशी छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org