फेसबुकले सामग्री प्रकाशनमा थप कडा नियम बनाउँदै
काठमाडाैँ । फेसबुकले हानिकारक र गलत सूचनामाथि रोक लगाउन थप कडा कदम चाल्ने घोषणा गरेका छ।
इन्टरनेट सञ्जाल फेसबुकका प्रमुख मार्क जुकेरबर्गले हानिकारक अनलाइन सामग्रीमाथि थप नियमन गर्न आग्रह गरेका छन्। तर यसले अभिव्यक्ति स्वतन्त्रताको वैधतामा कुनै असर नगर्ने उनले दाबी गरेका छन्। सामाजिक सञ्जालमा हानिकारण गलत सूचनाहरुमा रोक लगाउन अहिले ३५ हजार सदस्यीय टोलीले त्यस्ता सामग्रीहरुमाथि पुनरावलोकन गरिरहेको जानकारी दिएका छन्।
कृतिम बौद्धिकता (एआई) समेतको सहयोगमा यो काम भइरहेको र दैनिक लाखौं नक्कली फेसबुक खाताहरु नष्ट गरिएको जानकारी दिए। चीनको कोरोना भाइरसबारे फैलिरहेको अतिरञ्जनाबारे टिप्पणी गर्दै जुकेरबर्गले यस्ता हर्कतहरु दोहोरिरहेकाले फेसबुकले इन्टरनेट सामग्रीहरुमा थप कडाइ गर्न लागेको जानकारी दिएका हुन्। जर्मनीको म्युनिख सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै जुकेरबर्गले गलत सूचनाहरुको प्रवाह रोक्न थप कडाई गरिरहेको उल्लेख गरे।
यसअघि पनि फेसबुकमाथि राजनीतिक मुद्दाहरु प्रचार गरेको आरोप लागिसकेको छ। सन् २०१८ मा कम्पनीले अमेरिका र विश्वव्यापी रुपमा राजनीतिक प्रचारबारे नयाँ नियम ल्याएको थियो। तर फेसबुकले भने अबदेखि प्रायोजन गरिएका सामग्रीहरु इन्टरनेट र आफ्नो डाटावेशमा नराख्ने बताइसकेको छ।
कम्पनीहरुले आफ्ना सामग्रीका लागि प्रायोजनभन्दा राजनीतिक विज्ञापनहरुको तथ्य जाँच नहुने जनाउँदै जुकेरबर्गले भनेका छन्, निजी कम्पनीहरुको अभिव्यक्ति स्वतन्त्रताका हकमा हामी धेरै निर्णय गर्न सक्दैनौं, तर यसमाथि सन्तुलित सामाजिक स्वामित्व कायम राख्न केही गर्नैपर्ने भएको छ। सरकारहरुले पनि सामाजिक सञ्जालका लागि नयाँ नियमनकारी सञ्जाल विकास गर्नुपर्ने उल्लेख गर्दै जुकेरबर्गले टेलिकम र मिडिया कम्पनीहरुका लागि मौजुदा कानूनमा केही संशोधन गर्नुपर्ने बताएका छन्।
Comments
अरु समाचार
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...