ताजा समाचार

वुहानबाट फर्किएकाहरु भन्छन्- ‘क्‍वारेन्टाइनमा खानेबस्‍ने व्यवस्था सोचेभन्दा राम्रो’

काठमाडाैँ ।  कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी आइतबार बिहानै काठमाडौं ल्याइएका १ सय ७५ नेपालीलाई अहिले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ।

त्यहाँ पुगेपछि उनीहरूले नेपाल सरकारले आफूहरूले सोचेभन्दा राम्रो व्यवस्था गरेको भन्दै खुसी व्यक्त गरेका छन्।

‘हामी समस्याबाट नै आएका हौं। सरकारले जे जति गरेको छ। हाम्रो अपेक्षाभन्दा राम्रो गरेको छ,’

यस्तै वुहानबाट फर्किएका अर्का चिकित्सा शिक्षाका विद्यार्थी डा. सुदीप राउतका अनुसार सरकारले वुहानदेखि नै राम्रो व्यवस्था गरेको थियो।

‘हामीलाई विमानस्थलसम्म पनि निकै राम्रोसँग लगियो। त्यसपछि विमानको यात्रा पनि निकै सुविधाजनक थियो,’ उनले भने, ‘विमानमा दिइएको खानाले नै हामीलाई निकै खुसी लागेको थियो। किनभने त्यो पूर्णरुपमा स्वास्थ्यको ख्यालगरेर, राम्रो हिसाबकिताब भएको लन्चबक्स थियो।’

स्वदेश फर्कन पाउँदा अहिले सबै नेपालीहरु निकै हर्षित छन्। त्यसमाथि पनि सरकारले गरेको व्यवस्थाले उनीहरुको मन रमाएको छ।
‘हामीले गर्न नसक्ने त होइन रैछौं नि त,’ डा. सबिर श्रेष्ठले भने, ‘अलि अगाडि नै यो सबै भइदिएको भए झनै राम्रो हुन्थ्यो। ढिलै भए पनि देश फर्कन पाइयो। यति राम्रो व्यवस्था गरेर राखेको छ। भित्रैबाट खुसी लागेको छ।’

उनको अनुसार केही दिनयता हुबेइको लकडाउनलाई झनै सशक्तरुपमा लागू गर्न थालिएकोले सबैजना त्रसित थिए। ‘पछिल्लो समय कोठाबाट बाहिर पनि निस्कन नदिने नीति लिएको छ,’ उनले भने, ‘अब त सामान पनि अनलाइन नै अर्डर गर्नुपर्ने नियम लागू हुनसक्‍नेसुनिएको थियो। जे भए पनि आफ्‍नोदेश आइपुगियो, त्यसैमा खुसी छौं।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org