ताजा समाचार

महराको मुद्दामा बहस सकियो, फैसला केहीबेरमा

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराको पक्षमा र विपक्षमा कानुन व्यवसायीले बहस गरेका हुन् ।

दुवै पक्षको बहसपछि अब केहीबेरमा उनको मुद्दामा फैसला सुनाइने अदालत स्रोतले जनाएको छ । महराविरुद्ध सरकारी वकिलले बहस गरेका थिए भने उनको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले बहस गरेका थिए ।

गत असोज पहिलो साता महरामाथि संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले आफूमाथि जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन् । आरोप लागेपछि उनले असोज १४ गते राजीनामा दिएका थिए ।  हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org