ताजा समाचार

जन्मदिन मनाउन प्रधानमन्त्री ओली जन्मथलो जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औं जन्मदिन मनाउन जन्मस्थान जाने भएका छन् ।

जन्मस्थान तेह्रथुमको आठराईमा प्रधानमन्त्री ओलीले ६९ औं जन्मदिन मनाउने भएका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार उनी आज बिहान ९ बजे तेह्रथुम जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीको जन्मघर साविकको इवा गाविस २ खानीगाउँ हो । हाल राज्य पुनर्संरचनापछि यो ठाउँ आठराई गाउँपालिका ४ मा पर्दछ । प्रधानमन्त्री ओली आउने खबरले गाउँमा चहलपहल बढेको छ ।

प्रधानमन्त्री ओली पाँचथर हुँदै जन्मथलो पुग्नेछन् । उनी जाने भएपछि आठराईवासीले विभिन्न कार्यक्रमको आरोजना गरेका छन् । यसको चाँजोपइाँजो मिलाउनका लागि केहि दिन पहिले नै उनका प्रमुक स्वकिय सचिव इन्द्र भण्डारी तेह्रथुम गइसकेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org