ताजा समाचार

जन्मथलोमा प्रधानमन्त्री ओलीको ६९ औँ जन्मोत्सव (फोटोफिचर)

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मदिन तेह्रथुमको आठराई गाउँपालिका-४ इवास्थित आफ्नो जन्मथलोमा पुगेका छन्। उनले जन्म घरमा पुगेर गाउँलेसँग जन्मोत्सव मनाएका हुन्।

पाँचथर हुँदै नेपाली सेनाको हेलिकोप्टरबाट आइतवार अपराह्न २ बजे उनी इवास्थित पुर्ख्यौली घर पुगेर आफ्ना बालसखासहितका गाउँलेसँग जन्मदिन मनाएका हुन्।

उनलाई इवामा सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा, गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र स्थानीयवासीले स्वागत गरे। प्रधानमन्त्रीको स्वागतमा लिम्बू समुदायको च्याब्रुङ नाच, सङ्गिनी नाच र झाँकी प्रदर्शन गरिएको छ।

प्रधानमन्त्रीसँग पत्‍नी राधिका शाक्य, पिता मोहनप्रसाद ओली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल, खानेपानीमन्त्री बीना मगर, सङ्घीय सांसद विजय सुब्बा र गणेश विमलीलगायत थिए। आठराईमा रहँदा प्रधानमन्त्रीले प्रधानमन्त्री आउने भएपछि आठराईका विभिन्‍न चोकमा स्वागतद्वार बनाइएको थियो। इवास्थित जन्मघरबाट आइतवार प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गरेका छन्।

त्यसअघि उनले छिमेकी जिल्ला पाँचथरको कुम्यायक गाउँपालिकास्थित तमोर नदीबाट लिफ्टिङ प्रविधिबाट लगिएको खानेपानी आयोजनाको उद्घाटन गरे। जन्मदिन मनाउने क्रममै ओलीले आफ्नो जन्मथलो तेह्रथुम जाँदै उनले तेह्रथुमको छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुस्थित तत्कालिन एमाले महासचिव मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गरे। ओलीले आजै स्थानीय २ हजार विद्यार्थीलाई प्रधानमन्त्रीको तस्बिर र हस्ताक्षरसहितको डायरी, कलमसहितको शैक्षिक सामग्री दिएका छन्। त्यसैगरी स्थानीय २ सय वृद्धवृद्धालाई न्यानो कपडा पनि वितरण गरिएको छ।
फोटोफिचरः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org