ताजा समाचार

युएईमा दुई नेपालीमा कोरोना भाइरस संक्रमण

काठमाडाैँ ।  युनाइटेड अबर इमिरेट्स (युएई)मा दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखापरेको छ।

सोमबार युएईमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा दुई जना नेपालीमा पनि संक्रमण भएको पाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो।

स्थानीय सञ्चार माध्यमका अनुसार चारजना युएईका नागरिक, तीनजना इटालीका, दुई–दुई जना नेपाली र बंगलादेशी तथा एक–एक जना रसियाली, भारतीय र सिरियाली नागरिकमा संक्रमण देखिएको हो।

योसँगै युएईमा कोरोना भाइरसका संक्रमितको संख्या ५९ पुगेको छ। प्छिल्लो समय कोरोना पुष्टि भएकामध्ये एक जना भने तीन वर्षीय भारतीय बालक छन्। उनलाई पनि क्वारेन्टाइनमा राखिएको छ।

यसअघि अष्ट्रेलियामा रहेका एक नेपालीमा पनि कोरोना भाइरस देखिएको थियो।

युएईलगायत गल्फ मुलुकमा लाखौं नेपाली कामदार छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org