ताजा समाचार

नेकोले दियो दुर्घटना बीमा दाबी गरेको २४ घण्टा नबित्दै भुक्तानी

काठमाडाैं । नेको इन्सुरेन्सले दुर्घटना बीमा अन्तर्गत बीमा दाबी गरेको २४ घण्टा नबित्दै बीमा रकम भुक्तानी गरेको छ ।

ग्लोबल आइएमई बैंकले गरेको सामूहिक बीमा अन्तर्गत नेकोले बीमा दाबी गरिएको २४ घण्टा नबित्दै बीमा रकम १५ लाख भुक्तानी गरेको हो ।

बैंकका कर्मचारी सुरेस पाण्डेको दुर्घटनामा मृत्यु भएपछि बैंकले दाबी गरेको बीमा रकम नेकोका कार्यकारी प्रमुख अशोक खड्काले बैंकका सिइओ पर्शुराम कुवँरलाई चेक हस्तान्त्रण गरेका हुन् ।

बैंकले नेकोमा बीमा नीतिअनुसार सामूहिक बीमा गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org