कोरोना प्रकोप : एकैदिन इटालीमा ६२७ र स्पेनमा २६२ जनाको मृत्यु
एजेन्सि । शुक्रबार मात्रै इटालीमा ६ सय २७ जनाको मृत्यु भएको छ ।
त्यस्तै शुक्रबार थप ५ हजार ९ हजार ६ सय ८६ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ भने ४७ हजार २१ जना संक्रमित भएका छन् ।
त्यस्तै युरोपेली मुलुक स्पेनमा पनि मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । शुक्रबार इटालीपछि स्पेनमा सबैभन्दा बढी २ सय ६२ को मृत्यु भएको छ । स्पेनमा शुक्रबार ३ हजार ४ सय ३३ संक्रमित थपिएका छन् ।
शनिबार बिहानसम्म स्पेनमा मृत्यु हुनेको संख्या एक हजार ९३ पुगेको छ भने संक्रमितको संख्या २१ हजार ५ सय १० रहेको छ ।त्यस्तै फ्रान्समा पनि शुक्रबार मात्रै थप ७८ जनाको मृत्यु भएको छ भने ४ सय ५० जनामा संक्रमण देखिएको छ । फ्रान्समा अहिलेसम्म मृत्यु हुनेको संख्या ४ सय ५० पुगेको छ भने संक्रमितको संख्या १२ हजार ६ सय १२ जना संक्रमित भएका छन् । त्यस्तै शुक्रबार बेलायतमा ३३, नेदरल्यान्ड्समा ३०, जर्मनीमा २४, बेल्जियममा १६, स्विजरल्यान्डमा १३ जनाको मृत्यु भएको छ ।
त्यस्तै पश्चिम एसियाली मुलुक इरानमा शुक्रबार मात्रै १४९ जनाको मृत्यु भएको छ भने एक हजार ४ सय ३४ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म इरानमा मृत्यु हुनेको संख्या एक हजार ४ सय ३३ पुगेको छ भने १९ हजार ६ सय ४४ जनामा संक्रमण देखिएको छ ।त्यस्तै अमेरिकामा पनि शुक्रबार अहिलेसम्मकै बढी ५४ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै अमेरिकामा ५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म अमेरिकामा मृत्यु हुनेको संख्या २६१ पुगेको छ भने संक्रमितको संख्या १९ हजार ५ सय १४ रहेको छ ।त्यस्तै शुक्रबार चीनमा ७ जनाको मात्रै मृत्यु भएको छ भने त्यस्तै ४१ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म चीनमा ३ हजार २ सय ५५ जनाको मृत्यु भएको छ भने ८१ हजार ८ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो समय चीनमा संक्रमण र मृत्यु हुनेको संख्या निकै घटिरहेको छ । चीनमा ७१ हजारभन्दा बढी व्यक्ति निको भइसकेको त्यहाँको स्वास्थ्य आयोगले जनाएको छ ।
शुक्रबार मात्रै कहाँ कति मृत्यु ?
इरान– ६२७स्पेन – २६२इरान– १४९
फ्रान्स – ७८अमेरिका– ५४बेलायत– ३३
नेदरल्यान्ड्स – ३०जर्मनी – २४बेल्जियम – १६
स्विजरल्यान्ड – १३दक्षिण कोरिया – ११
चीन – ७इन्डोनेसिया – ७स्विडेन,टर्की – ५/५
डेनमार्क, हंगेरी, पेरु, इक्वेडर – ३–३
जनापोर्चुगल, अल्जेरिया, युएई – २
ब्राजिल, इराक, ग्रिस – ४डायमन्ड प्रिन्सेस पानीजहाज – १इ
जरायल, मलेसिया, पाकिस्तान, लक्जेम्बर्ग, इजिप्ट, भारत, फिलिपिन्स, ताइवान, सर्बिया, कोस्टारिका, मोरक्को र गाबोन – एक/एक जना
Comments
अरु समाचार
-
एक दिने भ्रमण सकेर फर्किइन् जापानी विदेशमन्त्री
काठमाडाैँ । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको आइतबार राति स्वदेश फिर्ता भएकी छन् । जापानको...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...