प्रतिबन्ध उल्लंघन गर्दै ६१ नेपाली काठमाडौं आइपुगे, क्वारेन्टाइनमा पठाइयो
काठमाडौं । नेपाल सरकारले हालै लागू गरेको नियम उल्लघंन गर्दै दुई विदेशी विमानबाट ६१ नेपाली त्रिभुवन विमानस्थल आइपुगेका छन्।
एयर इन्डिया र थाई एयरवेजबाट आएका ६१ जनालाई नै भक्तपुरको क्वारेन्टाइनमा पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले जनाएको छ। विमानस्थल अध्यागमन विभागका प्रमुख सागर आचार्यले जानकारीअनुसार थाई एयरवेजमा ४९ र एयर इण्डियामा १२ जना नेपाली आएका थिए।
आचार्यका अनुसार उनीहरू जापान, मलेसिया,दुवै र कतार लगायतका देशका नेपाली अन्यत्र ट्रान्जिट बनाएर आएका हुन्। शुक्रबार मात्र २६ नागरिक विमानस्थल हुँदै नेपाल भित्रिएका थिए।
आचार्यले शुक्रबार र शनिबार गरेर १३४ भारतीय नागरिक नेपाल भित्रिएको बताए। एयर इण्डियाको विमान बिहान करिब नौ बजे र थाई एयरवेजको विमान करिब १२ :३५ मा त्रिभुवन विमानस्थलमा ल्याण्ड भएका थिए।
Comments
अरु समाचार
-
चीनमा व्यायाम गरिरहेका मानिसको भीडमा एक व्यक्तिले कार गुडाउँदा ३५ जनाको मृत्यु
बेइजिङ। चीनको जुहाईमा व्यायाम गरिरहेका मानिसहरूको भीडमा एक जना व्यक्तिले कार गुडाउँदा ३५ जनाको ज्यान गएको छ । यो घटनामा...
-
अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण
काठमाडौं । अमेरिकी लडाकू विमानले यमनी हुथी समुहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ।...
-
अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी भू–भाग फिर्ताभन्दा शान्ति स्थापनामा जोड दिने
न्यूयोर्क । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार ब्रायन लान्जाले रुससँगको युद्धमा युक्रेनले गुमाएका भू–भाग फिर्ताभन्दा शान्ति हासिल गर्नमा...
-
गाजा युद्धमा मृत्यु भएका मध्ये ७० प्रतिशत महिला तथा बालबालिका
गाजा । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले इजरायल र गाजामा सन् २०२३ अक्टोबर ७ बाट बाहिर आएको डरलाग्दो वास्तविकताको विवरण...
-
इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु, ३० घाइते
काठमाडौं । इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते...
-
उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि दक्षिण कोरियाले क्षेप्यास्त्र अभ्यास गर्यो
काठमाडौं । दक्षिण कोरियाले उत्तर कोरियाको हालैको क्षेप्यास्त्र प्रक्षेपणपछि शक्ति प्रदर्शनका रूपमा समुद्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको सोलले शुक्रबार जनाएको...
-
अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने
काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटकजस्ता समाजिक सञ्जालले बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा यसको पहुँचमा...
-
गाजामा पाँच लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइयो
काठमाडौं । जारी युद्धको बावजुद गाजामा पोलियो खोप अभियान पूरा भएको छ । अभियान अन्तर्गत पाँच लाखभन्दा बढी प्यालेस्टिनी बालबालिकाहरूलाई...
-
अमेरिका र चीनबीच ‘सहकार्य हुनुपर्ने’ चिनियाँ राष्ट्रपति सीको भनाइ
काठमाडौं । बेइजिङ र वासिङ्टनबीच सहकार्य गर्ने उपाय खोज्नुपर्ने चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको सन्देशमा...