१८० देशमा पुग्यो कोरोना, इटाली सबैभन्दा धेरै प्रभावित
एजेन्सि । कोरोना भाइरसका कारण विश्वभर हिजो एकै दिन १ हजार ६ सय जनाको मृत्यु भएको छ।
सबैभन्दा बढी इटलीमा ६ सय ५१ जनाको मृत्यु भएको छ। स्पेनमा ३ सय ७५, अमेरिकामा १ सय १४, इरानमा १ सय २९ तथा फ्रान्समा १ सय १२ जनाको मृत्यु भएको छ। त्यस्तै कोरोना संक्रमणबाट बेलायतमा ४८ तथा नेदरल्याण्डस्मा ४३ जनाको मृत्यु भएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्य थुप्रै देशमा मानिसहरुको मृत्यु भइरहेको छ।
इटलीमा हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ। त्यस्तै स्पेनमा मृत्यु हुनेको संख्या १ हजार ७ सय ५६ पुगेको छ। इरानमा मृत्यु हुनेको संख्या १ हजार ६ सय ८५ पुगेको छ।
हिजो अमेरिकामा सबैभन्दा बढी ८ हजार ५ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। इटलीमा साढे ५ हजार थपिएका छन् भने स्पेनमा ३ हजार, जर्मनीमा साढे २ हजार तथा फ्रान्समा १५ सय भन्दा बढी संक्रमित हिजो थपिएका छन्। योसँगै विश्वका १ सय ८० भन्दा बढी देश र विभिन्न क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ। संक्रमितको संख्या ३ लाख ३६ हजार ७५ पुगेको छ भने झण्डै एक लाख मानिस उपचारपछि निको भएका छन्।
Comments
अरु समाचार
-
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी...
-
रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु
काठमाडौं । रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट...
-
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
काठमाडौं । पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य गरेको छ...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
काठमाडौं । संवेदनशील अमेरिकी प्रविधि इरानलाई हस्तान्तरण गरेको आरोपमा इटाली र संयुक्त राज्य अमेरिकामा दुई जना इरानी नागरिकलाई पक्राउ गरिएकोमा...
-
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार
काठमाडौं । भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको...
-
इजरायल र हमास निरन्तर वार्तामा, युद्धविराम र बन्धक रिहा गर्ने सहमति नजिक
जेरुसलेम । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा...
-
युक्रेनको राजधानीमा भयानक विस्फोट
काठमाडौं । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय...
-
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ
काठमाडौं । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता...