ताजा समाचार

चीनबाट तीन दिनभित्र स्वास्थ्य उपकरण ल्याउने सरकारको तयारी

काठमाडौं । सरकारले कोरोना भाइरस नियनत्रण तथा उपचारमा आवाश्यक पर्ने स्वास्थ्य उपकरण तीन दिन भित्र ल्याउने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।

सरकारले कोरोना विरुद्ध प्रयोग हुने स्वास्थ्य उपकरण चीनबाट ल्याउने तयारी गरेको हो । त्यसरी ल्याइएका स्वाथ्य उपकरण तथा साधनहरु प्रदेश, जिल्ला र स्थानीय स्तरमा पठाउने स्वास्थ्यमन्त्री ढकालले जानकारी दिए । यसअघि स्वास्थ्यकर्मी तथा संस्थाहरुले स्वास्थ्य उपकरण अभावमा विरामीको उपचार गर्न नसकिएको जनाउँदै आएका थिए ।

सो उपकरण सम्बन्धित ठाउँमा पठाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जिम्मेवारी दिनेगरी समिति गठन गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org