राष्ट्रसंघको चेतावनी : कोरोना भाइरस मानवजातिकै लागि खतरा, शक्तिराष्ट्रले राजनीति नगरून्
एजेन्सि । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरस महामारी मानव जातिकै लागि खतरा रहेको बताएका छन्।
उनले यसविरुद्ध सम्पूर्ण मतभेद बिर्सेर सबै राष्ट्र एकजुट हुनुपर्नेमा जोड दिएका छन्। महासचिव गुटेरेसले कोरोनाविरुद्ध देशहरूको एक्लाएक्लै लडाईं अब पर्याप्त नहुने चेतावनी पनि दिएका छन्।
उनले कोरोना भाइरस मानवताविरुद्धको महामारी भएकाले यसलाई लिएर कुनै पनि देशले राजनीति गर्न नहुने बताए। अमेरिका र युरोपेलीसहित पश्चिमा देशहरुले कोरोना भाइरसलाई लिएर राजनीति गर्न खोजेको कुरा उठिरहेका बेला राष्ट्रसंघले यस्तो चेतावनी दिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त कोभिड-१९ लाई चाइनिज भाइरसको संज्ञा दिएका छन्।
युरोपेली मुलुक र अमेरिका कोरोना भाइरसले अस्तव्यस्त भइरहेका बेला राष्ट्रसंघले एकताबद्ध लडाइँको महत्त्व बताएका हुन्। तर शक्तिशाली देशहरू अझै यो भाइरसलाई लिएर फरक फरक कुरा राखिरहेका छन्। विश्वका शक्तिशाली देशहरूको समूह ‘जी सेभेन’का विदेशमन्त्रीमाझ कोरोना भाइरसको स्रोतसम्बन्धी वक्तव्यमा राखिने वाक्यबारे मतभेद भइरहेका बेला राष्ट्रसंघको कडा टिप्पणी आएको हो। वक्तव्यमा अमेरिकाले ‘चीनको नियतवश गलत सूचना अभियान’ उल्लेख हुनुपर्ने बताको छ।
तर अन्य सदस्य राष्ट्रहरुले त्यसलाई अनावश्यक विभाजनकारी भनेर अस्वीकार गरिदिएका छन्। शक्तिराष्ट्रहरुसँग अब एकजुट हुनुको विकल्प नरहेको राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघले आधारभूत स्वास्थ्य सेवा नभएका जोखिमपूर्ण देशलाई मद्दत गर्न २ अर्ब डलर कोषको पनि घोषणा गरेको छ। विकासोन्मुख र गरिब देशमा कोरोना महामारी फैलिएमा लाखौँ मानिसले ज्यान गुमाउन सक्ने चेतावनी पनि राष्ट्रसंघले दिइसकेको छ।
Comments
अरु समाचार
-
प्रोपोगान्डाका मास्टर मानिने उत्तर कोरियाका किमको निधन
एजेन्सि। उत्तर कोरियाका पूर्वप्रोपोगान्डा मास्टर किम कि नामको बुधबार ९४ वर्षको उमेरमा निधन भएको छ । उनको वृद्ध उमेर र...
-
एक दिने भ्रमण सकेर फर्किइन् जापानी विदेशमन्त्री
काठमाडाैँ । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको आइतबार राति स्वदेश फिर्ता भएकी छन् । जापानको...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...