अमेरिका बन्यो कोरोना महामारीको नयाँ केन्द्र, चीन र इटलीमा भन्दा बढी संक्रमित
एजेन्सि । कोरोना (कोभिड १९) भाइरस संक्रमण अमेरिकामा व्यापक फैलिएको छ। त्यहाँ चीन र इटलीमा भन्दा पनि बढी मानिसहरू संक्रमित भइसकेका छन्।
हालसम्म चीनमा ८१,७८२ र इटलीमा ८०,५८९ जना संक्रमित भेटिएका छन्। तर अमेरिकामा ८५,२८०४ जनामा कोरोना संक्रमण भइसकेको छ। जुन चीन र इटलीको भन्दा धेरै हो। अहिलेसम्म कोरोना संक्रमणका कारण अमेरिकामा १,१०० मानिसको ज्यान गइसकेको छ। जोप हापकिन्स विश्वविद्यालयले सार्वजनिक गरेको ताजा तथ्यांक विश्लेषण गर्दा चीन र इटलीपछि अब अमेरिकामा कोरोना संक्रमणले ब्यापक मानवीय हताहती निम्त्याउने पक्कापक्की जस्तै देखिएको छ।
न्यूयोर्कका अस्पतालहरुमा क्षमताभन्दा बढी बिरामीहरु राखिएको छ। त्यहाँका गभर्नर एन्ड्रयु क्योमोले यसअघि अमेरिकामा द्रुततगतिको रेल जसरी कोरोना संक्रमणको दर बढीरहेको बताएका थिए।
परीक्षण गरेकाले संक्रमण फैलियो : ट्रम्प
कोरोना संक्रमण र मानवीय हताहति बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ कोरोना फैलनुको मूख्य कारण यस्ता मानिसहरूको परीक्षण गर्नु रहेको तर्क गरेका छन्।
बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पले भने,’हामीले धेरैको स्वास्थ्य परीक्षण गर्यौं, अहिले संक्रमितहरूको संख्या बढ्नु त्यसैको नतिजा हो।’ अमेरिकामा चीनको भन्दा निकै कम संक्रमित रहेको दाबी गर्दै ट्रम्पले बेइजिङले संक्रमित र ज्यान गुमाउनेहरूको एकीन संख्या लुकाएको आरोप समेत लगाउन भ्याए।
Comments
अरु समाचार
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...