ताजा समाचार

कोरोना भाइरसका विषयमा ट्रम्प र सीबीच कुराकानी – ‘सँगै मिलेर काम गर्ने’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनफिङले वार्ता गरेका छन्।

दुई देशका राष्ट्रपतिले कोरोना भाइरको रोकथामका लागि वार्ता गरेको अमेरिकी राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन्। राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘भर्खर चीनका राष्ट्रपति सीसँग कुराकानी भयो, कोरोना भाइरसको बारेमा विस्तृत छलफल गरियो, चीनले यो भाइरसविरुद्ध लड्न धेर्र राम्रो प्रयास गरिरहेको छ। हामी सँगसँगै काम गरिरहेका छौं।’

चीनको वुहानबाट गत डिसेम्बरको अन्त्यमा फैलिएको कोरोना भाइसको संक्रमण विश्वभर फैलिएको छ।  केही समय अघि चिनियाँ भाइरस भन्दै राष्ट्रपति ट्रम्पले भनेपछि चीन अमेरिकासँग रुष्ट बनेको  थियो। अमेरिकाको यो प्रयासले चीन सकारात्मक बनेको छ। दुवै देशले मिलेर काम गर्ने अमेरिकाले प्रतिवद्धता जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org