ताजा समाचार

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २७,३६५ पुग्यो

काठमाडौं । चीनबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ ।

आज बिहानसम्म कोरोनाका कारण २७ हजार ३६५ जनाले ज्यान गुमाइसकेका छन् ।
चार लाख ३६ हजार ५३४ जना कोरोनाबाट संक्रमित छन् भने यसमध्ये २३ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको छ । चार लाख १२ हजार ९७५ जना उपचार गराइरहेका छन् ।

एक लाख ३३ हजार ३६३ उपचारपछि घर फर्किसकेका छन् । कोरोना भाइरस अहिलेसम्म जम्मा पाँच लाख ९७ हजार २६२ जनामा देखिएको छ ।

कोरोना संक्रमित अहिले सबैभन्दा धेरै अमेरिकामा एक लाख चार हजार २०५ जनामा देखिएको छ । इटलीमा ८६ हजार ४९८ मा देखिएको कोरोना चीनमा ८१ हजार ३९४मा देखिएको छ ।

चीनबाट सुरु भएको कोरोनाको संक्रमण नेपालमा पनि चारजनामा देखिएको छ । यसलाई महामारीको रुप धारण गर्न नदिन सरकारले लकडाउन गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org