ताजा समाचार

कोरोना अपडेट : इटलीमा एकै दिनमा ९०० भन्दा बढीको मृत्यु

एजेन्सि । कोरोना भाइरस संक्रमण सुरु भएयता इटलीमा एकदिनमा अहिलेसम्मकै सबभन्दा उच्च  ९१९ जनाको मृत्यु भएको छ। इटलीमा मात्रै ९ हजार भन्दा बढीको उक्त भाइरसका कारण अहिलेसम्ममा ज्यान गएको छ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सङक्रमितहरूको जीवन बचाउन आवश्यक पीपीइको विश्वव्यापी रूपमै अभाव रहेको बताएका थिए। इटली युरोपमा सबभन्दा नराम्ररी प्रभावित मुलुक हो।

शुक्रवार सबेरै अधिकारीहरूले सबै कुरामा लगाइएको कडाइ ३ एप्रिल भन्दा अझ बढी समयका लागि बढाउन सकिने चेतावनी दिएका थिए। सबभन्दा प्रभावित उत्तरी क्षेत्रमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या अत्यधिक बढी थियो। नयाँ संक्रमित हुनेको संख्या बिहीवार केही घटेकाले संक्रमण उच्चतम बिन्दुमा पुगेको हुन सक्ने भन्दै केही आशा जगाएको थियो।
इटलीमा अहिलेसम्म ८६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ।

तुलनात्मक रूपमा गरिबी धेरै भएको दक्षिणी क्षेत्रमा संक्रमण बढ्दै गएपछि त्रास पनि बढेको छ।

क्याम्पानिया क्षेत्रका अध्यक्ष भीन्सेन्टो डी लुसाले बिहीवार केन्द्र सरकारले जीवन बचाउनका लागि आवश्यक भेन्टिलेटर उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे पनि त्यो पूरा नगरको बताएका थिए।

उनले भने, ‘अहिलेसम्मको स्थिति हेर्दा दक्षिणले पनि लोम्बार्डीकै त्रासदी भोग्नुपर्ने जस्तो देखिएको छ।’

त्यसैदिन प्रधानमन्त्री जुजुपे कोन्टेले अब युरोपमा गम्भीर आर्थिक मन्दी हुने बताएका थिए। उनले २७ अर्ब डलर बराबरको दोस्रो सहायता प्याकेज घोषणा गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org