ताजा समाचार

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन् ।

त्यहाँको प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार चिकित्सकको सल्लाहपछि जोनसन केही परीक्षणका लागि अस्पताल भर्ना भएका हुन् ।

१० दिनअघि प्रधानमन्त्री जोनसनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।  संक्रमण पुष्टि भएपछि उनी आइसोलेशनमा थिए । यद्यपि, प्रधानमन्त्री जोनसनले मन्त्रिपरिषद्को बैठक भने गरिरहेका थिए ।

उनमा कोरोना भाइरसको संक्रमणका लक्षणहरु लगातार देखिँदै आएको बीबीसीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org