तातोपानी नाका मात्रै खुल्ने, रसुवागढी नाका खोल्न चीनले मानेन
काठमाडौं । सरकारले अत्यावश्यक सामग्री आयातका लागि चीनतर्फका नाका खेल्न आग्रह गरे पनि चीनले रसुवागढी नाका खेल्न नदिने स्पष्ट पारेको छ ।
चीनतर्फका तातोपानी भन्सार र रसुवा भन्सार खोल्न उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले चीनलाई पत्राचार गरेको थियो ।
सिन्धुपाल्चोकस्थित तातोपानी नाका बुधबार साँझदेखि खुले पनि रसुवा नाका भने अझै केही समय नखुल्ने भएको हो । नेपालस्थित चिनियाँ दूतावासले पत्र लेखेर रसुवा नाका खोल्न नसकिने लिखित जानकारी गराएको हो । दुई वटा नाका मध्ये हाललाई तातोपानी नाका खोल्न सकिने तर रसुवा नाका खोल्न नसकिने जानकारी चीनले गराएको हो ।
नेपाल सरकारले पठाएको पत्रको जवाफमा चीनले तातोपानी नाकाबाट पनि अत्यावश्यक सामाग्री मात्रै आयात गर्न दिने बताएको स्रोतले बतायो । विशेषगरी चीन सरकारले तातोपानी नाकाबाट स्वास्थ्योपचारका लागि अत्यावश्यक वस्तु मात्रै ल्याउन दिने भनेको स्रोतको दाबी छ ।
यता, बुधबार साँझदेखि यी दुबै नाका आंशिक रुपमा खुलेको बताइएको थियो ।
रसुवा भन्सार नाका प्रमुख पुण्यविक्रम खड्काले हाललाई रसुवा नाका नखुल्ने बताए । उनले चीनले पत्र लेखेर यो नाका खुला गर्न नसकिने जनाएकाले तयारी गरेर पनि नाका खुल्न नसक्ने बताए ।
नेपालस्थित चिनियाँ दूतावासले पत्र लेखेर यस बारे लिखित रुपमै जानकारी गराएको स्रोतले बतायो ।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...