कोरोना भाइरसः चीनको वुहान कम जोखिम भएको क्षेत्र घोषित
काठमाडाैँ । चीनले कोरोना भाइरसको उद्गमस्थल वुहानलाई भाइरसको कम जोखिमयूक्त क्षेत्र घोषणा गरेको छ।
चीनको स्टेट काउन्सिलले जारी गरेको जोखिम मापदण्ड अनुसार पछिल्लो १४ दिनमा कुनै राज्य वा प्रदेशमा नयाँ कोरोना भाइरस नदेखिएमा सो क्षेत्र कम जोखिम क्षेत्रमा पर्छ।
लकडाउन हटाएको १२ दिनपछि वुहान शहरलाई कम जोखिम भएको क्षेत्रमा राखिएको हो।
सो मापदण्ड अनुसार ५० वा सो भन्दा बढी संक्रमित केस भएको तर प्रकोपको जोखिम नभएको क्षेत्रलाई मध्य जोखिम क्षेत्र र ५० भन्दा बढी केस देखिएको र प्रकोपको जोखिम भएको क्षेत्रलाई उच्च जोखिमपूर्ण क्षेत्रका रुपमा परिभाषित गरिएको छ।
चीनमा शनिबारसम्म ८२ हजार ७ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ।
यसैगरी कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६३२ पुगेको छ।
चीनमा शनिबार लक्षण नदेखिएका ४४ जना संक्रमित भेटिएका छन्। योसँगै लक्षण नदेखिएका संक्रमितको संख्या ९ सय ९९ पुगेको छ। जसमा १ सय ८५ आयातित संक्रमित रहेका छन्। उनीहरुको उपचार जारी छ।
गत वर्ष डिसेम्बरमा वुहानमा पहिलो पटक कोरोना भाइरस देखापरेको थियो।
Comments
अरु समाचार
-
एक दिने भ्रमण सकेर फर्किइन् जापानी विदेशमन्त्री
काठमाडाैँ । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको आइतबार राति स्वदेश फिर्ता भएकी छन् । जापानको...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...