कोरोना अझै लामो समय रहने सम्भावना छ, सतर्कता जारी राखौंःडब्ल्यूएचओ
काठ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले धेरै देशमा कोरोना भाइरसको महामारी प्रराम्भिक चरणमा रहेको उल्लेख गर्दै यो अझै लामो समय रहने चेतावनी दिएको छ।
जेनेभामा नियमित प्रेस ब्रिफिङमा डब्ल्यूएचओका महानिर्देशक डा. अधानोम टेड्रोसले धेरै देशमा संक्रमण फैलिएको र भाइरस सक्रिय रहेकाले अवस्था भयावह रहेको बताएका हुन्।
पश्चिमी युरोपमा संक्रमण घट्दै गए पनि अफ्रिका, पूर्वी युरोप र केन्द्रीय तथा दक्षिण अमेरिकामा संक्रमणको अवस्था चिन्ताजनक रहेकाे महानिर्देशक डा. टेड्रोसको भनाइ छ।
‘यसैकारण संक्रमण नियन्त्रणका लागि घरभित्र बस्नु र भौतिक दूरी कायम राख्नुको विकल्प छैन ,धेरै देशले अहिले यही उपाय अपनाइरहेका छन् तर पनि भाइरस खतरनाक रहेकाले संक्रमण लामो समयसम्म रहने देखिएको छ,’ उनले भने, ‘त्यसैले हामीले अझै संघर्ष गर्नुपर्ने हुन सक्छ।’
विश्वमा ठूलो संख्यामा मानिस अति संवेदनशील अवस्थामा रहेकाले महामारी सजिलैसँग फैलन सक्ने भन्दै महानिर्देशक टेड्रोसले विश्वव्यापी यात्रा प्रतिबन्ध फुकुवा गर्ने विषयमा पुनर्विचार गर्न सुझाव दिएका छन्।
गत डिसेम्बर अन्तिम साता चीनको उहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर महामारी बनेकाे छ। जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोराना भाइरसबाट हालसम्म २६ लाख जना संक्रमित भएका छन् भने १ लाख ८३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेकाे छ ।
Comments
अरु समाचार
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...