ताजा समाचार

‘सांसद अपहरण गरेको भन्नु कपोकल्पति कुरा हो: डा भट्टराई

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेतले समाजवादी पार्टीका सांसदलाई अपरहरण गरेको भन्दै बाबुराम भट्टराईले राजनीतिक प्रोपगाण्डा फैलाएको आरोप लगाएका छन्।

समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपको खण्डन गर्दै सांसद बस्नेतले डा भट्टराई लगायतले आफ्नो चरित्रहत्या गरेको दाबी गरे।

‘सांसद अपहरण गरेको भन्नु कपोकल्पति कुरा हो। बाबुराम भट्टराई, विश्वदीप पाण्डेको प्रोपगाण्डा हो। उहाँहरुले चरित्रहत्या गर्नुभयो। सांसद यादव, उहाँकी श्रीमतीले समेत कतै पनि अपहरण हो भनेर भनिरहनु भएको छैन,’उनले भने।

सांसद बस्नेतले लकडाउननका बेला बस्नेतले भक्तपुरमा अलपत्र मजदूरहरूलाई पुर्‍याउन काभ्रेको भकुण्डेबेंसी पुगेको र त्यसैक्रममा पूर्व आइजीसँग भेट भएर महोत्तरी पुगेको सुनाए।

‘समाजवादीमा लामो समयदेखि समस्या छ। उहाँ साथी पनि हुनुहुन्छ। उहाँले प्रधानमन्त्री ओलीलाई भेट्न पनि चाहानु भएको थाहा भयो। हामी उहाँको घर गयौं। खाना, खाजा खायौं। राजनीतिक विषयमा छलफल भयो। प्रधानमन्त्रीले गर्नुभएको सहयोगको पनि चर्चा गर्नुभयो। पार्टीमा समस्या छ, नेकपामा प्रवेश गर्नुपर्छ भन्ने कुरासम्म भयो। त्यसपछि हामीसँगै काठमाडौं आयौं। उहाँको श्रीमतीलाई पनि जानकारी छ,’ उनले ब्रिफिङ गरे।

सांसद बस्नेतले आज बिहान प्रधानमन्त्री ओलीसँग भेट्ने टुंगो भएको पनि बताए। ‘बिहान प्रधानमन्त्रीसँग ९-१० बजे भेट गर्ने कुरा भएको थियो। बेलुकी हिँडेकाले साढे तीन बजे होटल आइपुगेका थियौं। आराम गर्न भन्दै हामी मेरियटबाट छुट्टियौं।

उनले रेस्ट गर्नका लागि होटलमा छोडेको सांसदलाई अपहरण शैलीमा समाजवादीले लगेर आफूहरुलाई दोषी देखाएको उनको भनाइ छ।

‘हामीले बिहान भेट्ने भनेर रेष्ट गर्नका लागि होटलबाट छुट्टियौं। उहाँहरुले आङकाजीलगायतका मान्छे लगाएर चाहीँ अपहरण शैलीमा लैजानु भो। काक्रो चोरेर आफू खाने। अनि काक्रोंको बिँया साथीको टाउकोमा लगाइदिएर साथीले चोर्‍यो भनेर दोष लगाउन मिल्छ ?’ उनले भने।

समाजवादी पार्टीले भने आफ्ना पार्टीका सांसदलाई बस्नेतसहित पूर्वआइजिपी सर्वेन्द्र खनाल र नेकपाकै अर्का सांसद किसान श्रेष्ठले ‘अपहरण’ गरेको आरोप लगाएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org