ताजा समाचार

भूकम्प स्मृति दिवसमा प्रधानमन्त्रीको सन्देशः कोरोनालाई अवश्य जित्नेछौं

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले व्याप्त विश्वव्यापी महामारी कोरोना भाइरसविरुद्धको लडाइँ जित्न नेपाल सफल हुने विश्वास व्यक्त गरेका छन्।

भूकम्प स्मृति दिवसका अवसरमा आज वैशाख १२ गते तीन पाना लामो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले २०७२ को भूकम्पपछि सिर्जित विपत्तिमा जस्तै संयम र साहसका साथ कोरोना भाइरसविरुद्धको लडाइँ पनि जितिने विश्वास व्यक्त गरेका हुन्।

 

सन्देशमा उनले भनेका छन्, ‘सही नीति, सहकार्य र स्रोत व्यवस्थापन प्रबन्ध मिलाएरै हामी यस लडाइँमा विजयी हुनेछौं।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org