ताजा समाचार

माधव नेपालको घरमा नेकपाको ‘निर्णायक’ वार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तयारी तीव्र भइरहेका बेला ओली र माधव कुमार नेपाल बीच समझदारी गराउने प्रयास जारी छ ।

दुवै पक्षका नेताहरुबीच शक्ति बाँडफाँटको छलफल हुनुअघि प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच सोमबार पुनः छलफल भएको छ ।

ओली र नेपालबीच एक्लाएक्लै कुराकानीपछि दुवैतर्फका नेताहरु संवादमा जुटेका छन् । ओली पक्षका चार नेता र नेपाल पक्षका चार नेताबीच नेपाल निवास कोटेश्वरमा छलफल शुरु भएको छ ।

नेपाल पक्षका स्थायी कमिटीको आइतवारको बैठकले प्रधानमन्त्रीसँग समझदारीको बटमलाइन बनाउने जिम्मा नेपाललाई नै दिएको थियो । सोही बमोजिम नेपाल बालुवाटार पुगेका हुन् ।

ओलीले नेपाल पक्षसँग वार्ता गर्न ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीलाई जिम्मा दिएका छन् ।

नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेता सहभागी रहेको नेकपा स्रोतले जनाएको छ ।

नेपाल पक्षले ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने भनेको छ । त्यस्तै एक व्यक्ति एक पदको अवधारणाअनुसार तलदेखिकै जिम्मेवारीमा हेरफेर हुनुपर्ने मागसमेत नेपाल पक्षले गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org