ताजा समाचार

खुमलटारमा प्रचण्ड र खनालबीच दुई घण्टा छलफल

काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खानालबीच भेटवार्ता भएको छ।

सोमबार दिउँसो अध्यक्ष प्रचण्ड निवास खुमल्टारमा दुई नेताबीच झण्डै २ घण्टा छलफल भएको वरिष्ठ नेता खनालनिकट स्रोतले जानकारी दियो। भेटका पार्टी एकतालाई मजबुत बनाउँदै तत्काल स्थायी समिति बैठक बोलाउन माग गर्ने सहमति भएको छ।

‘पार्टीभित्रको एकता कायम राख्न तत्काल स्थायी समितिको बैठक बोलाउन अझै दह्रो भएर जानुपर्ने निष्कर्ष निकोले छ, वरिष्ठ नेता खनाल निकट स्रोतले  भन्यो, ‘उहाँहरुबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org