ताजा समाचार

बालुवाटारको दबाबपछि रेडियो नेपालले डा भट्टराईको अन्तर्वार्ता हटायो

काठमाडौं । बालुवाटारबाट दबाब आएपछि रेडियो नेपालले नवगठित जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईको अन्तर्वार्ता हटाएको छ।

दैनिक प्रसारण हुने कार्यक्रम अन्तरसम्वादमा सोमबार बिहान प्रसारण भएको अन्तर्वार्ताको अर्काइभ रेडियो नेपालको साइटबाट हटाइएको छ।

अन्तर्वार्तामा आधारित कार्यक्रममा डा भट्टराईले सरकारको आलोचना गरेको भन्दै उनको अन्तर्वार्ता हटाइएको हो। भट्टराईले अन्तर्वार्ताका क्रममा  प्रधानमन्त्री केपी शर्मा ओलीज्यप्रति लक्षित गरेको भाषा र र विचारले दुःखी बनाएको विज्ञप्ति मार्फत रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्की जनाएका छन्।

लाइभ कार्यक्रमको सम्पादन गर्न नसकिएको प्रति दुःख मनाउ समेत गरिएको छ। ‘लाइभ प्रसारण भएकोले आवश्यक सम्पादन गर्न नसकिएको हुँदा क्षमा चाहन्छौं।’ विज्ञप्तिमा भनिएको छ। सरकारको विरोधमा अभिव्यक्ति आउने व्यक्तिहरुलाई अतिथि नबनाउने संकेत समेत रेडियो नेपालले गरेको छ। अब उप्रान्त रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रममा अतिथि चयन गर्दा गम्भीर रूपमा सचेत रहने प्रतिबद्धता जनाइएको छ।

सोमबारको अन्तर्वाता डा नवराज लम्सालले लिएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org