ताजा समाचार

प्रभु साहको दाबी : केपी ओलीको विकल्प प्रचण्ड मात्रै हुन्

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्ष र विवादबारे नेता प्रभु साहले मुख खोलेका छन्।

नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले द्वन्द्व छाडेर एकतालाई रोज्‍न नेताहरूलाई आग्रह गरेका छन्।  नेकपाभित्रको विवादबारे नेता साहले संकटपूर्ण स्थितिमा एकताको प्रतीक बन्दै आर्थिक संकटको सामना गरेर तीव्र आर्थिक वृद्धिमा केन्द्रित हुन सुझाव दिएका छन्।

‘अबको प्रधानमन्त्री को त? माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड वा अरु कोही?’, भन्‍ने प्रश्‍नमा नेता साहलेभने, ‘प्रधानमन्त्रीको विकल्पमा जानैपरे नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नै छैन।’  ‘कोरोना भाइरसको महामारीका कारण देशले ठूलो आर्थिक समस्याको सामना गरिरहेको छ, यस अवस्थामा द्वन्द्व र अस्थिरता होइन, एकता र तीव्र आर्थिक वृद्धि चाहिएको छ’, उनले भने, ‘अस्थिरता निम्तिने कुनै काम हाम्रो प्राथमिकतामा हुनुहुँदैन। स्थिरता नै हाम्रो प्राथमिकता हुनुपर्छ।’  उनले ओलीको विकल्प दाहाल नै भएको जिकिर गरे।

‘यदि सरकारको विकल्प नै खोज्नुपर्ने हो भने उपयुक्त पात्र प्रचण्ड मात्रै हो, अरु कोही एबीसीडी हुन सक्दैन’, उनले भने, ‘व्यक्तित्वको हिसाबले उहाँ कुशल हुनुहुन्छ, दुई पार्टी बीचको एकता प्रक्रियाको हिसाबले पनि आलोपालोको समझदारी कार्यान्वयन गर्ने र वरीयताको कोणबाट पनि पार्टीका दुई अध्यक्षमध्ये एक भएकाले निर्विकल्प प्रचण्ड मात्र हुन्।

‘ नेता साहले अवसरवादले टाउको उठाएकोमा आक्रोश पोखे। ‘अहिले कयौं अवसरवादी नेताहरु द्वन्द्व र अस्थिरता पैदा गरेर आफ्नो स्वार्थ पूर्ति गर्न लागेका छन्’, उनले भने, ‘देशको संकटपूर्ण  स्थितिमा टाउको आफ्नो स्वार्थपूर्ति गर्ने प्रयास ठूलो खतरा हो। यो देश र क्रान्तिका लागि खतरनाक हो, यसमा अल्झिनुहुँदैन। त्यस्तो भएमा देश बर्बाद हुन्छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org