ताजा समाचार

मौका छोपेर अस्थिरता निम्त्याउन खोज्नु दुखद् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीले श्रमजीवी वर्ग दुःख गरेर सुखको सपना देख्ने वर्ग भएको बताएका छन्।

मे दिवस २०२० को अवसरमा शुभकामना सन्देश दिँदै उनले श्रमजीवी वर्ग परिवर्तनको संबाहक भएको धारणा राखेका छन्। श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, तर सुखको सपना देख्ने वर्ग हो।  परिवर्तनको संबाहक हो।  र, सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि आफैं अघि सरेर समस्याको सामना गर्न सक्ने वर्ग श्रमजीवी वर्ग हो सन्देशमा भनिएको छ।

‘कोरोना भाइरसका कारण उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर जीवनप्रति दुःखी भएको उल्लेख छ।  एक दशकको हिंसात्मक द्वन्द्वका कारण गाउँको रोजगारी खोसिँदा शहररबजार पसेका, तर शहररबजारले रोजगारी दिन नसक्दा परदेश भासिएका लाखौं नेपाली युवा श्रमिकहरु विभिन्न मुलुकमा कार्यरत छन्।  युवाहरु विदेशिने यी र अन्य विभिन्न बाध्यकारी परिस्थिति तथा प्रवृत्ति पनि छन्।’  ओलीले भनेका छन्,‘अहिले कोरोना भाइरसको महामारीका कारण ‘न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिकहरू परिरहेका छन्।

यसबाट सिर्जना भएको पीडाप्रति म जानकार तथा संवेदनशील छु।  यस अप्ठ्यारो घडीमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक ऐक्यबद्धता जाहेर गर्दछु।’ त्यस्तै प्रधानमन्त्री ओलीले अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका प्रयासहरु गरिनु दुःखद् भन्दै आफ्ना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन। त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहेकाे बताएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org