ताजा समाचार

सिराहामा राहतको विषयमा झडप, प्रहरीद्वारा ९ राउन्ड हवाई फायर

काठमाडौं । राहत वितरणका क्रममा सिराहाको मिर्चैयामा विवाद उत्पन्न भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ । स्थानीय र प्रहरीबीच विवाद भएपछि ९ राउन्ड हवाई फायर गरिएको हो ।

झडपमा ५ प्रहरी र केही स्थानीय सामान्य घाइते भएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिहंले  जानकारी दिए । विपन्नलाई राहत वितरणको क्रममा केही व्यक्तिले बिथोल्न खोजेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org